जिवनी
दामोदर दाहाल
दाहाल परिवारका अग्रज व्यक्तित्व, बद्लिदो समय अनुसारको सोच राख्ने, धेरै जनाको अन्तिम समयमा साथ दिनुहुने, निरन्तरता, अग्रसरता र परिश्रमका प्रतिक दामोदर दाहालको जन्म वि.सं. १९९७ जेष्ठ २८ गते साेमबारका दिन भएको थियो । ताप्लेजुङ्ग जिल्ला आङ्खोप, मालबासेमा अभिचन्द्रकी धर्मपत्नी गौराको कोखबाट ४ पुत्र मध्ये काईलो सुपुत्रका रुपमा दाहालको जन्म भयो ।

२००७ साल जेष्ठ ५ गते १० वर्षको उमेरमा पाँचथर जिल्ला तिखेम्बा निवासी पिता भवानीप्रसाद र माता लिलावती नेपालकी जेठी सुपुत्री मेनुका नेपालसँग वहाँ विवाह बन्धनमा बाँधिनुभयो ।

हास्दै खेल्दै बितिरहेको जिवनमा अन्धकारका बादल छाउन थाले । वि.सं. २०१२ बैशाख १२ गते १५ वर्षको उमेरमा पत्नी वियोग खप्न पुग्नुभयो । प्राण प्यारीको मृत्युले उनलाई केही समय मुटु रोगले असाध्यै च्याप्यो । अझ पत्नी वियोगको २७ दिन नहुदै कान्छा भाइ देविप्रसादको ११ वर्षको उमेरमा निधन भयो ।

यावत समस्याका कारणले वहाँ वि.सं. २०१३ फाल्गुनमा भारतको मणिपुर राज्य, काङ्ग्लाताेङबीमा बसाईँ सर्नुभयो ।

हिन्दु धर्मसंस्कारअनुसार दाहालले वि.सं. २०१५ बैशाखमा मणिपुर काङ्ग्लाताेङबी निवासी पिता देविप्रसाद तथा माता लिलादेवि मिश्रकी जेठी सुपुत्री टिकामाया मिश्रसँग विवाह बन्धनमा बाँधिनुभयो । बसाईँ सराईँको क्रमलाई जोड्दै वि.सं. २०१६ माघमा भारतकै मणिपुर राज्यको इराङमा बसोबास गर्न थाल्नुभयो ।

ति काला बादल फेरी दाहालको जिवनमा मंडराउन थाले, वि.सं. २०१७ भदौमा पिता अभिचन्द्रलाई ज्वराले लिएर गयो । त्यसै साल मंसिरमा साईला दाजु दिनानाथ, छोरा छोरीको आगमन नभई परमधाम पुगे, ज्वरोकै कारणले । वि.सं. २०२७ सालमा जेठा दाजु नेत्रप्रसादलाई क्षयरोगले असाध्यै च्यापेर दाहालले एक्लै विभिन्न सहरका अस्पताल लगे, तरपनि पापी कालले नेत्रप्रसादलाई नलिई मानेन । साईली भाउजु नैनकला, एक विर नारीको परिचय दिँदै पति वियोगको १९ वर्ष पश्चात् वि.सं. २०३६ हिउँदमा खसिन् । माथी सबैजनाको अन्तिम कर्म दामोदर कै हातबाट भयो ।

नेत्रप्रसादका छोरा जयप्रकाशलाई वहाँले आफ्नो शरणमा लिनुभयो ।

वि.सं. २०३६ सालमा आमा गौरालाई नि हैजाले लिएर गयो । त्यस बखत दामोदर भने आफ्नो पुरै परिवार लिएर अस्पताल हैजाको उपचार गर्न गएका थिए । ४ दिन पछि मात्र दाहाल आमाको काममा सरिक भए । त्यतिञ्जेल माइला दाजु यामनाथ संलग्न थिए ।

यी सबै घटनाहरुबाट आजित भएर वि.सं. २०४० साल असोजमा नागाल्याण्ड, वि. सं २०४१ वैशाखमा आसामको हात्तीमराज्यान हुँदै वि.सं. २०५८ सालदेखि साविक गरामनी गा.वि.स. ७ हाल विर्तामोड नगरपालिका ९, लखीबारीमा बसोबास गर्दै हुनुहुन्छ ।

वि.सं. २०६४ साल जेष्ठ ३१ गते पत्नी टिकामायालाई पनि पापी कालले हृदयघातको बाहनामा लिएर गयो ।

कहिल्यै हार नमान्ने, मेहनती स्वभावका दाहालले आफ्नो पढाई बाबु अभिचन्द्रबाट, वहाँकै किताबहरु पढेर, पूरोहितको रुपमा घर चलाउँदै यहाँसम्म आइपुग्नु भयो । शिक्षालाई सर्वश्रेष्ठ मान्ने उनि, भावी सन्तती सबैलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न तत्पर हुनुभयाे । वहाँकाे परिश्रम र ज्ञानकै कारण हामी यहाँ छाैँ । बुवाकाे छाप दाहाल परिवारले कहिल्यै भुल्ने छैन । धन्यवाद बुवा, सबैथोकको लागि 🖤 ।

पत्नी (२):
स्वं. मेनुका, स्वं. टिकामाया दाहाल
छोरा बुहारी (४):
नन्दु + भिमा, चन्द्र + स्वं. तारा, अम्बिका, नारद + कमला, डम्बर + कविता दाहाल
छोरी–ज्वाईँ (४):
मेनुका + बेदनिधि नेपाल, चन्द्रकला + इन्द्रप्रसाद घिमिरे, भोलकुमारी + भिम तिम्सीना
नाती/नातिने बुहारी (१२):
सागर + जस्मिन नेपाल, सुरज + बिनिता घिमिरे, भरत + पुजा तिम्सीना, मोहन + इन्दु नेपाल, सुवास घिमिरे, प्रकाश तिम्सीना, दिपक तिम्सीना, उत्तम दाहाल, उत्सव दाहाल, प्रज्वल दाहाल, प्रज्ञान दाहाल, प्रवेश दाहाल
नातीनी/नातिनी ज्वाईँ (६):
सरिता + दिलिप सापकोटा, गायत्रा + दिनेश भट्टराई, रिता + सागर भट्टराई, सम्पदा दाहाल, समृद्धी दाहाल, प्राञ्जली दाहाल
पनाती (२):
आर्शित भट्टराई, मिजास सापकोटा
पनातिनी (६):
अग्रता भट्टराई, मानुसी सापकोटा, सुज्ञानी नेपाल, खुसी घिमिरे, सेभिका घिमिरे, लक्षिता तिम्सिना
हजुरबुबाकाे अन्य तस्विरहरुको लागी माथीको गोलो तस्विर छुनुहोला ।